काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने हुनुभएकाे छ । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ।
उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयाे। उहाँका अनुसार, प्रधानमन्त्रीले पहिलो दिन संसद्मा सम्बोधन छ, उहाँले भन्नुभयाे। आजै प्रधानमन्त्रीलाई सभामुखले भेट्नुभएकाे थियाे। भेटमा सम्बोधनबारे छलफल भएको र सभामुखले बैठकमा जानकारी गराउनुभएकाे छ । अर्को बैठकमा अन्य निर्णय हुनेछ।”
हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आइतबार सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिसक्नुभएकाे छ। त्यस्तै, सभामुखले आजै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।