८ जेष्ठ २०८३, शुक्रबार 1779436766
Banner

काठमाडौंका यी स्थानमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौं । काठमाडौंका केही स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आज इमाडोल फिडरअन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुल वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। ती क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् सेवा बन्द गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार माघ १८ गतेसम्म विद्युत् अवरुद्ध हुनेछ। माघ १५ गते गोठाटार फिडरअन्तर्गत मानटार चोक क्षेत्र र माघ १६ गते मातातीर्थ फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। यस्तै माघ १७ गते शंखमुल फिडर अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्र र माघ १८ गते केएससी र पुरानो एयरपोर्ट फिडर अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ।