काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । बैठकमा नजिकिदै गएको संसद बैठकमा कसरी प्रस्तुत हुने लगायतका बिषयमा छलफल हुने बताइएको छ ।
बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू -विभाग सञ्चालन नियमावली २०८१ ९संशोधन प्रस्ताव र नयाँ नियमावलीहरू प्रस्ताव संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्याट विभाग नियमावली २०८१० माथि छलफल हुने रास्वपाले जनाएको छ ।
सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता, संसद् अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनलगायत विषय छलफलका एजेन्डा रहेको रास्वपाले जनाएको छ । बैठक १२ बजे पार्टी कार्यालय बनस्थलीमा बस्नेछ ।