काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, दुर्गा प्रसाईँ लगायतलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले २४ जनालाई थप सात दिन थुनामा राख्न अनुमति दिएको हो ।
उनीहरूविरूद्व राज्य विरूद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ ।


