३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:01 am
Banner

पाकिस्तानद्वारा जम्मु एयरपोर्टमा ड्रोन हमला

सूचना प्रेस २०८२ बैशाख २६ शुक्रबार ००:००, ०५:५८ बजे १ मिनेट पढाइ

काश्मिर । भारत प्रशासित जम्मुको एयरपोर्टमा विष्फोट भएको खबर छ ।

बिबिसी हिन्दीका अनुसार जम्मु सहरको गुज्जर नगर पुलमा उपस्थित एक प्रत्यक्षदर्शीलाइ उधृत गर्दै उल्लेख गरेको छ कि जम्मू एयरपोर्ट नजिकै १६ वस्तु खसेको देखिएको छ ।

प्रत्यक्षदर्शीहरूले बीबीसी हिन्दीलाई भने कि बजारहरू बन्द  भएका छन र बिष्फोट पछि मानिसहरू दौडिरहेको, साइरन बजिरहेको र शहरभर बिजुली बन्द गरिएको छ । खासमा त्यहाँ ब्ल्याकआउट थियो र उनीहरूले साइरन सुन्न मात्रै पाएका छन्।

जम्मुका धेरै ठाउँमा मानिसहरूले विस्फोटको आवाज सुनेका छन् र पूरै सहरमा बिजुली अवरुद्ध भएको छ। जम्मुमा रक्षा प्रणाली सक्रिय भएको भारतीय सेना स्रोतले जनाएको छ । एयर साइरनको आवाज शहर भर सुन्न सकिन्छ।