२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 10:16 am
समाचार

करेन्ट लागेर एकजनाको मृत्यु

सूचना प्रेस २०८२ श्रावण २३ शुक्रबार ००:००, ०९:४९ बजे १ मिनेट पढाइ

सप्तरी, २३ साउन । करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा शुक्रबार बिहान एकजनाको ज्यान गएको छ ।

स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । करेन्ट लागेको उनको घटनास्थलमै ज्यान गएको हो ।

बस्नेतका अनुसार ४२ वर्षीय इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो ।