५ आश्विन २०८१, शनिबार 1726908724
Banner

काठमाडौंको मेयरमा बालेनको अग्रता झनै फराकिलो, २५ हजार ४ सय २७ मतका साथ अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले २५ हजार मत कटाएका छन् ।

बालेनले २५,४२७ मत पाएर अग्रता कायमै राखेका छन् । बालेनका प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापितले १३,४९९ मत पाएका छन् । त्यस्तै, कांग्रेसकी सिर्जना सिंहले १२, ८४२ मत पाएकी छन् ।

अहिलेसम्म ६७,२६१ मतगणना भइसकेको छ ।