८ जेष्ठ २०८३, शुक्रबार 1779457191
Banner

नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। लिग–२ चक्रको यो ८८ औं खेल हो।

नेपालले पछिल्लो खेलमा अमेरिकासँग १०६ रनले लज्जास्पद हार बेहोरेको थियो। यूएई पनि अमेरिकासँग ४ विकेटको हारपछि यस खेलका लागि प्रतिस्पर्धामा उत्रिन लागेको हो। नेपाल र यूएईले हालसम्म एक अर्काविरूद्ध ९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेकोमा नेपालले ४ र यूएईले ५ खेल जितेको छ।

नेपाल हाल लिग–२ को अंक तालिकामा सातौं स्थानमा छ। १७ खेलमा ५ जित र १० हार व्यहोरेको नेपालको १२ अंक छ।