१३ श्रावण २०८३, बुधबार 1785360542
समाचार

५० लाख जनालाई एसएमएस पठाउने सेढाइँ पक्राउ

काठमाडौं । मोबाइलमार्फत ठूलो संख्यामा समूहगत सन्देश पठाएर राजनीतिक आह्वान गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार चितवन घर भएका ३४ वर्षीय निर्देश सेढाईंलाई काठमाडौंको हात्तीसार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

अनुसन्धानमा उनले नेपाल टेलिकमको प्रणाली प्रयोग गरी करिब ५० लाख मोबाइल नम्बरमा एकैपटक सन्देश पठाएको खुलेको छ। उक्त सन्देशमार्फत प्रदेश संरचना हटाएर संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गरिएको थियो।

प्रहरीका अनुसार सेढाईंले प्रतिबन्धित क्षेत्र बालुवाटारमा उपस्थित हुन आग्रह गरेका कारण सार्वजनिक शान्ति र हितमा असर पार्ने गतिविधि भएको ठहर गरिएको छ। उनले सन्देश पठाएको कुरा स्वीकार गरिसकेको प्रहरीको भनाइ छ। घटनाबारे सार्वजनिक हितविरुद्धको कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।