१ मंसिर २०८३, मंगलबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 11:46 pm
कला/साहित्य

पल शाहको मुद्दामा उच्च अदालतमा बहस सकियो

सूचना प्रेस २०७९ जेष्ठ १९ बिहिबार ००:००, १७:२८ बजे १ मिनेट पढाइ

पोखरा । नाबालिगमाथि जबर्जस्ती करणीको अभियोग सामना गरिरहेका पल शाहको मुद्दामा उच्च अदालत पोखरामा भइरहेको सुनुवाइको बहस सकिएको छ ।

न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा बहस भएको थियो । आरोपित पल तनहुँ कारागारमा छन् ।

कारागार चलान गर्ने जिल्ला अदालतको फैसलाविरुद्ध पलका वकिलहरूले उच्च अदालतमा निवेदन दिएका थिए । पललाई साधारण तारेखमा रिहा गर्नुपर्ने भन्दै उनीहरूको माग छ । अब आदेशको प्रतीक्षा छ ।