२९ बैशाख २०८३, मंगलबार 1778623616
कुटनीतिक

भारत सरकारको सहयोगमा बागलुङमा स्वास्थ्य चौकी बन्दै

काठमाडौँ –  बागलुङको बडिगाड गाउँपालिका–७ मा भिमगिठे स्वास्थ्य चौकी निर्माणको औपचारिक शिलान्यास गरिएको छ। स्वास्थ्य चौकीको शिलान्यास बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र भारतको काठमाडौँस्थित राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा गर्नुभएको हो।

भारत सरकारको आर्थिक सहयोग करिब २करोड ५ लाख रुपैयाँमा निर्माण हुन लागेको उक्त स्वास्थ्य चौकी उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत कार्यान्वयन गरिनेछ। परियोजना बडिगाड गाउँपालिकामार्फत अघि बढाइने जनाइएको छ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्षसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान हुँदै आएको विकास सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ स्वास्थ्य संरचनाले गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै सरोकारवालाहरूले नेपाल–भारतबिचको बहु आयामिक र घनिष्ठ सहकार्यलाई थप मजबुत बनाउन यस्ता परियोजनाहरूले योगदान पुर्‍याउने धारणा राख्नु भएको थियो। भारत सरकारको निरन्तर सहयोगले नेपालको प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास र समृद्धिको लक्ष्यलाई सघाउने उल्लेख गरिएको छ।

यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत सञ्चालन भइरहेको हो, जसले स्थानीय तहमा आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिने गरेको छ।