२२ कार्तिक २०८३, आइतबार Monday, 9 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 3:51 am
कुटनीतिक

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

सूचना प्रेस २०८३ भदौ २२ सोमबार ००:००, १९:५२ बजे १ मिनेट पढाइ

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति नेपालस्थित भारतीय दूतावासले गहिरो दुःख व्यक्त गरेको छ।

नेपालमा राष्ट्रिय शोक मनाइरहेको दिन दूतावासले बाढीका कारण नेपाली नागरिकसँगै भारतलगायत विभिन्न देशका नागरिक प्रभावित भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको हो। दूतावासले बाढीबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गर्दै कठिन परिस्थितिमा भारत नेपालसँगै रहेको जनाएको छ।

यसका साथै, नेपालले अघि बढाइरहेको खोज, उद्धार तथा राहतका प्रयासमा भारतले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता पनि दूतावासले जनाएको छ।