२३ भदौ २०८३, मंगलबार 1788875915
कुटनीतिक

बेनी हाइड्रोपावरकाे आइपिओ निष्कासन

बेनी हाइड्रोपावर प्रोजेक्टले आज (सोमबार)देखि आइपिओ निष्कासन गरेको छ। 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री गरेको आइपिओ बाँडफाँट गरेपछि अब सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रूपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। 

जसमध्ये १० लाख ४० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १ लाख ४ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले २० हजार ८०० कित्ता सेयर आफ्ना कर्मचारीहरूका लागि र ५२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिसकेको छ।

कम्पनीले दोस्रो चरणमा प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका ८ करोड ६३ लाख २० हजार रूपैयाँ बराबरको ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको हो।

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको आइपिओमा भदौ २५ गतेसम्म आवेदन दिन सकिनेछ।