काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाका दुई समितिका सभापतिमा एमाले र नेकपाका उम्मेदवारलाई भोट हाल्न सर्कुलर जारी गरेको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई भोट हाल्न नेपाली कांग्रेसले आन्तरिक सर्कुलर जारी गरेको हो।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एमालेका गुरु बराल र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) मा नेकपा उम्मेदवार गरिमा शाह उम्मेदवार छन् ।


