१५ जेष्ठ २०८३, शुक्रबार 1780087038
समाचार

मधेसको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

जनकपुरधाम । मधेस प्रदेशको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न सुरु भएको छ । शुक्रबार मधेस प्रदेशसभामा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

सरकारले मखाना उत्पादनलाई विशेष प्राथमिकतासाथ प्रभावकारी ढंगले लागु गर्ने भएको छ । उखु खेती सुधार परियोजना सञ्चालनमा ल्याई मल र सिँचाइको व्यवस्था गर्ने सरकारको नीति रहेको छ ।