काठमाडौं । हिन्दूको मठ, मन्दिर जलाउने धम्की दिने जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले आज उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका परियारले केही दिनअघि पत्रकार सम्मेलन गरेर मठमन्दिरमा आगो लगाउने चेतावनी दिएका थिए ।


