२४ जेष्ठ २०८३, आइतबार 1780827465
समाचार

रास्वपा भक्तपुरको सभापतिमा बस्नेत निर्वाचित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको प्रथम जिल्ला अधिवेशनले रामेश्वर बस्नेतको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

शनिबार सम्पन्न अधिवेशनले जिल्ला सभापतिमा बस्नेत र  उपसभापतिमा स्मृति भट्टराईलाई निर्विरोध निर्वाचित गरेको निवर्तमान जिल्ला सचिव एवं क्षेत्र नं १ का सांसद रुकेश रञ्जितले जानकारी दिए।  यस्तै पार्टीको सचिवमा सञ्जीव प्रजापति र सहसचिवमा रामकृष्ण देउजा निर्वाचित भएका छन्।

यस्तै सदस्यहरूमा राजु थापा, महिला सदस्यमा प्रेरणा देसार, कृष्णप्रसाद घिमिरे र रामकृष्ण खनाल निर्वाचित भएको पार्टीका नेता भाइकृष्ण श्रेष्ठले जानकारी दिए।