काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को खेलअन्तर्गत स्विट्जरल्याण्डले अल्जेरियालाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा स्विट्जरल्याण्डले अल्जेरियालाई २–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।
रोमाञ्चक खेलमा स्विट्जरल्याण्डका लागि स्टार स्ट्राइकर ब्रील एम्बोलोले सुरुवाती गोल गरे । उनले खेलको १० औं मिनेटमै गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए ।
पहिलो हाफमा सोही अग्रता कायम राखेको स्विट्जरल्याण्डले दोस्रो हाफ सुरु भएको पहिलो मिनेट अर्थात् खेलको ४६ औं मिनेटमा ड्यान एनडोएले उत्कृष्ट गोल गर्दै स्विट्जरल्याण्डको अग्रता दोब्बर बनाए ।
दुई गोलले पछि परेको अल्जेरियाले खेलमा फर्कन प्रयास गरे पनि गोल गर्न सकेन । हारसँगै अल्जेरियाको २०२६ को विश्वकप यात्रा सकिएको छ ।


