२६ असार २०८३, शुक्रबार 1783715601
कुटनीतिक

चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श

काठमाडौँ । चीन र दक्षिण एसियाली क्षेत्रमा उत्पादन भएका ज्ञान विमर्शबारे आज अन्तराष्ट्रिय सम्बन्धका विज्ञहरु बीच चर्चा भएको छ ।

त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध (आइआर) तथा कुटनीतिक विभागमा आज भएको विचार विमर्शमा विज्ञहरुले विकासको दिर्घकालीन आधार ज्ञान र खोज रहेको निश्र्कष निकालेका थिए ।

काठमाडौँ इन्सच्युट अफ रिर्सच एन्ड कन्सल्टेन्सी (केआइआरसि) को आयोजनामा त्रिभुवन विश्वविद्यालय सेन्टरल डिपार्टमेन्ट अफ इन्टरनेश्नल रिलेसन एन्ड डिप्लोमेसी सिडिआइआरडि को सहकार्यमा ‘रिजनल डाइलग अन नलेज प्रडक्सन अन साउथ एसिया इन चाइना’ शिर्षकमा छलफल भएको थियो ।

दिल्ली विश्वविद्यालयका ‘इस्ट एसिया स्टडीज’ विभागका प्राध्यापक डा. राजीव रञ्जन र चिनस्थित सिच्वान युनिर्भसिटीका पिएचडी स्कलर प्रसान्तकुमार बिक बीच दक्षिण एसिया र चीनको भु–राजनीतिबारे विचार विमर्श भएको थियो । मध्यस्तकर्ता भुमिका निर्वाह गर्नुभएका बिकले प्राध्यापक रञ्जनसँग कुनै पनि विचार उत्पादनले मुलुकको सम्बन्धमा पार्ने प्रभावबारे जिज्ञासा राखे । यसै क्रममा प्राध्यापक रञ्जनले ज्ञानको विविधताले समाज, देश र अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा रचनात्मक भुमिका खेल्ने बताए । यसका लागि हरेक राज्यले ज्ञान उत्पादन प्रक्रियामा प्रयाप्त लगानी गर्नु पर्ने धारणा राख्नुभयो । उनले प्राचीनकालदेखि नै चीनमा ज्ञान उत्पादनको सुन्दर अभ्यास रहेको उदाहरण दिदै ज्ञान विमर्शकै कारण त्यस देशको नीतिगत सुधार कुशल देखिएको बताए ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीतिका प्राध्यापक डा। खड्ग केसीका अनुसार भारत र चीनले ज्ञान उत्पादन गर्न रणनीतिक रुपमा लगानी गर्दै आएको बताउनुभयो । यससँगै राष्ट्रिय स्वार्थ मध्यनजर गर्दै नेपालले पनि ज्ञान उत्पादनमा जोड दिनुपर्ने धारणा राखे ।

सेन्टरल डिर्पाटमेन्ट अफ इन्टरनेश्नल रिलेशन एन्ड डिप्लोमेसी विभागका प्रमुख अपेक्षा शाहले युवा पुस्ताबीच विचार विमर्श संस्कृतिको विकास गर्न विभागले नियमीत छलफल गर्दै आएको बताए । कार्यक्रममा काठमाडौँ इन्सच्युट अफ रिर्सच एन्ड कन्सल्टेन्सी केआइआरसिका सह–संस्थापकले चन्दन तामाङले बौद्धिक संस्कृतिको विकास अहिलेको आवश्यकता रहेको समेत बताएका छन् । केआइआरसी अप्रेशन डाइरेक्टर याईशाष याशिर खम्बुले अन्तराष्ट्रिय सम्बन्धको विषय अध्ययन गर्ने विद्यार्थीले बौद्धिक संवाद मार्फत निश्चीत विषयमा अभिमत निर्माण गराउने उदेश्यले छलफलमा कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो । आईआर विषय अध्ययापक सुमि शर्माले धेरै भन्दा धेरै वैचारीक अन्तक्रियाले ज्ञानको दायरा फराकीलो बनाउन र विषय बस्तु बुझन् सहज हुने बताए ।