१ श्रावण २०८३, शुक्रबार 1784313957
Banner

विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार उक्त आदेश गरेको हो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइएका पौडेलमाथि शुक्रबार भएको थुनछेक बहसपछि अदालतले उनलाई थुनामा वा धरौटीमा राख्न नपर्ने ठहर गरेको हो ।