१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 7:31 pm
Banner

शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनको आदेश

सूचना प्रेस २०८३ श्रावण ७ बिहिबार ००:००, २०:४१ बजे १ मिनेट पढाइ

काठमाडौं । उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

बिहीबार न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले थुनामा पठाउन आदेश दिएको हो । अग्रवाललाई गत बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको टोलीले उनलाई बैंकिङ कसुरसम्बन्धी उच्च अदालत पाटनमा विचाराधीन मुद्दामा काठमाडौं महानगरपालिका–३० डिल्लीबजारबाट पक्राउ गरेको थियो ।

नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा दर्ता भएको दीपक भट्टसमेत जोडिएको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा फरार रहेका अग्रवाललाई पक्राउ गरिएको हो।

यसअघि उनलाई सीआईबीले नै गत चैत २० गते सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको थियो ।

उनीविरुद्ध त्यसबेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान गरिएको थियो । पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको थियो । तर उनी चैत २२ गते रिहा भएका थिए । उनका छोरा सुलभ पनि थुनामै छन् ।