काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नयाँ पुस्ताले पुरानो पुस्ताको योगदानको सम्मान नगर्न लज्जास्पद भएको बताएका छन्।
आइतबार तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपालले यस्तो बताएका हुन्। ‘जुन देशमा नयाँ पुस्ताले पुरानो पुस्ताको सम्मान गर्न सक्दैन, इतिहासमा महत्वपूर्ण योगदान गर्ने को हुन् को होइनन् भन्ने बुझ्न सक्दैन, कदर गर्न जान्दैन भने त्योभन्दा लाजमर्दो कुरा अरू केही पनि हुँदैन,’ उनले भने।
नयाँ पुस्ताको संस्कारप्रति प्रश्न उठाउँदै सहसंयोजक नेपालले भने, ‘अरूको परिवारमाथि हातपात गर्ने काम भए, जलाउने काम भए। त्यही आफ्नो परिवारका सदस्यलाई भएको भए के हुन्थ्यो होला ? यति पनि सोच्न नसक्ने भए के भन्नु र !’

