१९ कार्तिक २०८३, बिहिबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 4:19 am
Banner

रोजगारीका लागि जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठग्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

सूचना प्रेस २०८३ श्रावण २६ मंगलबार ००:००, १५:०१ बजे १ मिनेट पढाइ

काठमाडौं । रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ परको छन् । उनले १ सय १५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको हो । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका- ७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्।

उनलाई वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा सोमबार बुटवलबाट पक्राउ गरिएको हो । उनले गेटस्वि एन्टरनेशनल प्रालि नामको कन्सल्टेन्सीमार्फत् १ सय १५ जनालाई ठगी गरेका थिए ।