काठमाडौं । नेपाली कांग्रेसका नेता शशांका कोइरालाले पार्टीको महाधिवेशनका निर्णय र गतिविधि यथास्थितिमा राख्न माग गर्दै निर्वाचन आयोग र पार्टीलाई पत्र लेखेका छन् ।
सर्वोच्च अदालतको निस्सालाई आधार मानेर कोइरालाले पत्र लेखेका हुन् ।
पत्रमा अदालतको अन्तिम फैसला नआएसम्म दूरगामी निर्णयहरू नगर्न र विधिको शासनको सम्मान गर्न आग्रह गरिएको छ ।

