१९ कार्तिक २०८३, बिहिबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 1:12 am
Banner

लाल बकैया खोलामा ३ बालबालिका अझै बेपत्ता

सूचना प्रेस २०८३ श्रावण २६ मंगलबार ००:००, २०:४६ बजे १ मिनेट पढाइ

रौतहट- रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लाल बकैया खोलामा पौडी खेल्ने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्।

मंगलबार दिउँसो करिब २ बजे खोलामा नुहाउने क्रममा करुनिया निवासी करमे आलमका करिब १० वर्षीय छोरा रमतुलाह, हिसी अकतरकी करिब १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन पानीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा ७ जना प्रहरीको टोली घटनास्थलमा पुगेको छ।

त्यस्तै, सशस्त्र प्रहरी बल बेस देवाही गोनाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमाण्डमा ५ जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमाण्डमा ९ जनाको टोली रबर बोर्ड तथा डाइभिङ सामग्रीसहित खोज तथा उद्धारका लागि परिचालन गरिएको छ।

बेपत्ता बालबालिकाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त गौतमले जानकारी दिनुभएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट करिब ६ किलोमिटर दक्षिणतर्फ पर्छ। प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले खोलामा खोजी गरिरहेको गौतमको भनाइ छ ।