२७ श्रावण २०८३, बुधबार 1786529440
Banner

बेपत्ता भएका ३ बालबालिका मध्ये २ जनाको शव फेला, एक बालिका बेपत्ता

रौतहट । लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ ।

हिजो दिउँसो नदिमा नुहाउन गएका एक बालक र दुई बालिका लालबकैया नदिमा बेपता भएका थिए । हराएकामध्ये एक बालिक अझै बेपत्ता छिन ।

हराएका मध्ये देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुवै जनाको शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।