काठमाडौं । डा. धवलशम्शर राणाको समूहले दुर्गा प्रसाईँ बिनै दल दर्ताको तयारी गरेको छ ।
धवल समूहले साउन २९ गते ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न लागेको हो । यसअघि धवल शमशेर र दुर्गा प्रसाईँबीच पार्टी दर्ता गर्ने संयुक्त भएको थियो । तर एकाएक प्रसाईँ बिच्किएपछि धवल समूहले पार्टी दर्ताको तयारी गरेको हो ।
प्रसाईंले हिजो एक युट्यूव च्यानललाई अन्तरवार्ता दिँदै धवलशम्शेर राजा ल्याउन अनिच्छुक रहेको लगायतको आरोप लगाएपछि धवल समूह रूष्ट बनेको छ ।

