सिन्धुपाल्चोक । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि सिन्धुपाल्चोकका २२४ व्यक्ति सम्पर्कविहीन भएका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भोटेकोसी गाउँपालिकाका ६५, बाह्रबिसे नगरपालिकाका ५९, बलेफी गाउँपालिकाका २९, सम्पर्कबिहीन भएको जानकारी दिए ।
त्यसैगरी, जुगलका १६, चौतारा साँगाचोकगढी नगरपालिकाका १४, मेलम्ची नगरपालिकाका १४, सुनकोशी गाउँपालिकाका १४, त्रिपुरासुन्दरी गाउँपालिकाका पाँच, हेलम्बु गाउँपालिकाका चार र लिसङ्खुपाखर गाउँपालिकाका तीनजना पनि सम्पर्कविहीन भएका छन् ।
सिन्धुपाल्चोकबाट कैलाशमान सरोवर जाने विदेशीका गाइड, भरिया, व्यापारी, गोसाइँकुण्ड गएका तीर्थयात्री, हाइड्रोपावरमा काम गर्ने जनशक्ति र रसुवा भन्सार कार्यालय आसपास व्यापारिक काम गर्ने नागरिक सम्पर्कविहीन भएका हुन् । रासस

