२४ भदौ २०८३, बुधबार 1788947133
Banner

भोटेकोशी बाढी : अहिलेसम्म ३५९ जनाको शव फेला

काठमाडौं स् चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका ३५९ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार अहिलेसम्म सबैभन्दा बढी चितवनमा १३२ र सबैभन्दा कम रसुवामा १७ जनाको शव फेला परेको छ। यस्तै धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २८ र तनँहुमा २२ जनाको शव फेला परेको छ। नपलपरासी पूर्वमा ८२ जना र नपलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।

बाढी प्रभावितहरुको उद्धारका लागी ४,३४८ प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। बाढीमा परी २८ जना प्रहरीहरु सम्पर्क विहीन छन्। यस्तै उद्धार गरिएका ६३ जना घाइतेहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।