१९ कार्तिक २०८३, बिहिबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 2:20 am
Banner

भोटेकोशी बाढी : बाँकेका २७ जना सम्पर्कविहीन

सूचना प्रेस २०८३ भदौ १२ शुक्रबार ००:००, १०:०७ बजे १ मिनेट पढाइ

बाँके । कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना भोटेकोशीको बाढीपछि सम्पर्कविहीन भएका छन् ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङका अनुसार बेपत्ता भएकाहरूको परिवारले स्थानीय प्रशासनलाई खोज तथा उद्धारका निम्ति आग्रह गर्दै १४ पुरुष र १३ जना महिला सम्पर्कविहीन भएका जनाएका छन् ।

बाढीपछि बेपत्ता २७ जनामध्ये २० जना बाँकेका स्थायी, पाँचजना अन्य जिल्लाबाट आएका तथा दुईजना भारतीय नागरिक हुन् ।

रसुवा भन्सार कार्यालय, विभिन्न सुरक्षा निकाय र जलविद्युत् आयोजना, गोसाइकुण्ड क्षेत्रमा व्यवसाय तथा कैलाश मानसरोवर तीर्थयात्रामा रहेका बाँकेका सर्वसाधारण सम्पर्कविहीन छन् ।