१४ भदौ २०८३, आइतबार 1788120340
अर्थ

‘स्वास्थ्य श्री’ प्रिमियम फर्स्ट प्रेस्ड तोरीको तेल नेपाली बजारमा, शुद्धता र प्राकृतिक स्वादमा जोड

काठमाडौं । बिमा, बैंकिङ तथा व्यावसायिक क्षेत्रमा अनुभवी व्यक्तित्वहरूको लगानीमा पब्लिक लिमिटेड कम्पनीका रूपमा स्थापित रिलायबल नेपाल एग्रो लिमिटेडले ‘स्वास्थ्य श्री’ ब्रान्डको प्रिमियम फर्स्ट प्रेस्ड तोरीको तेल नेपाली बजारमा ल्याएको छ।

नेपाली उपभोक्तालाई गुणस्तरीय तथा विश्वसनीय खाद्य उत्पादन उपलब्ध गराउने उद्देश्यले स्थापना भएको कम्पनीले चितवनको खैरहनीमा अत्याधुनिक प्रविधिसहितको तेल उत्पादन प्लान्ट स्थापना गरी तोरीको तेललगायत अन्य कृषि उपजमा आधारित खाद्य सामग्री उत्पादन गर्दै आएको जनाएको छ।

कम्पनीले तोरी उत्पादन, प्रशोधन तथा उपभोगका लागि उपयुक्त क्षेत्रका रूपमा रहेको चितवनलाई केन्द्र बनाएर स्थानीय कृषि उत्पादनको विकास, कृषकको उत्पादनको सहज बजारीकरण तथा व्यावसायिक कृषिप्रति जागरूकता बढाउने लक्ष्य लिएको छ। साथै, चितवनमा उत्पादित प्राकृतिक तथा शुद्ध तोरीको तेललाई देशभर पुर्‍याउँदै खैरहनीलाई नेपालकै भरपर्दो तेल उत्पादन केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना कम्पनीको रहेको जनाएको छ।

कम्पनीका अनुसार ‘स्वास्थ्य श्री प्रिमियम फर्स्ट प्रेस्ड तोरीको तेल’ पहिलो प्रेसिङ एक्स्पेलर प्रक्रियाबाट उत्पादन गरिन्छ। उत्कृष्ट गुणस्तरका तोरीका दाना प्रयोग गरी उत्पादन गरिने यो तेलमा पिनाबाट निस्किएको तेल नमिसाइने भएकाले तोरीको प्राकृतिक स्वाद, मौलिक सुगन्ध तथा प्राकृतिक गुण कायम रहने कम्पनीको दाबी छ।

कम्पनीले उत्पादनमा कुनै प्रिजर्भेटिभ तथा रासायनिक पदार्थ मिसावट नगरिएको जनाएको छ। आधुनिक उत्पादन तथा फिल्ट्रेसन प्रक्रियाबाट तयार गरिने भएकाले दैनिक खाना पकाउने प्रयोजनका साथै नेपाली भान्सामा पाक्ने परिकारको मौलिक स्वाद र सुगन्धलाई कायम राख्ने गरी उत्पादन गरिएको कम्पनीको भनाइ छ।

दैनिक खानपानमा प्रयोग हुने तेलको गुणस्तरप्रति उपभोक्ताको सचेतना बढिरहेको अवस्थामा ‘स्वास्थ्य श्री’ले प्राकृतिकता, शुद्धता र गुणस्तरलाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ‘स्वास्थ्य श्री’ ब्रान्डका उत्पादनहरू हाल बिग मार्ट, भाटभटेनी, मेट्रो मार्ट, केके मार्ट, ब्लु मुन डिपार्टमेन्ट स्टोर, अल्फाज मार्ट लगायतका स्टोरमा उपलब्ध छन्। साथै, चितवन, पोखरा, धनगढी, गोरखा, काठमाडौं, भक्तपुर र ललितपुर लगायत देशका विभिन्न स्थानमा रहेका किराना तथा खाद्यान्न पसलबाट समेत उत्पादन खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

‘स्वास्थ्य श्री’ तोरीको तेलका मुख्य विशेषता :

– पहिलो प्रेसिङ (फर्स्ट प्रेस्ड) प्रविधिबाट उत्पादन
– प्रिजर्भेटिभ तथा रासायनिक मिसावट नगरिएको
– तोरीको प्राकृतिक तथा मौलिक स्वाद र सुगन्ध
– गुणस्तरीय तोरीका दानाको प्रयोग
– आधुनिक उत्पादन तथा फिल्ट्रेसन प्रक्रिया
– नेपाली परिवारको दैनिक खानपानलाई लक्षित गुणस्तरीय उत्पादन

कम्पनीले ‘गुणस्तरमा विश्वास, परिवारमा स्वास्थ्य’ भन्ने अवधारणासहित नेपाली उपभोक्तालाई प्राकृतिक, शुद्ध र गुणस्तरीय खाद्य उत्पादन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।