काठमाडौं । हिमालयन बैंक लिमिटेडले रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, सहायता तथा पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ३ करोड १ लाख सहयोग गर्ने निर्णय गरेको हो । उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले बैंक तथा बैंक परिवारलाई अत्यन्तै मर्माहित बनाएको बैंकले जनाएको छ ।
बैंकले यस दुःखद घडीमा प्रभावित सबैलाई धैर्य धारण गर्न आग्रह गर्दै आवश्यक सहयोग र उद्धार कार्यमा जुट्न सम्बन्धित सबैमा आग्रह गरेको छ । साथै, बैंकले यस विपद्को समयमा प्रभावित समुदायको साथमा रहँदै सक्दो सहयोग गर्न सदैव तत्पर रहेको प्रतिवद्धता व्यक्त गरेको छ ।

