४ आश्विन २०८३, आइतबार 1789942923
अर्थ

शारडा–एके राठी ग्रुपले सयुक्त रुपमा सरकारलाई १ करोड सहयोग गरे

काठमााडौँ । शारडा ग्रुप र एके राठी ग्रुपले नेपाल सरकारलाई सयुक्त रुपमा १ करोड रुपैँया सहयोग गरेका छन् । 

भदौ १० गतेको विनाशकारी बाढीमा परि प्रभावित बनेकाहरूको राहत र पुर्नस्थापनाका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम बराबारको चेक हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरण कार्यक्रममा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, ग्रुपका निर्देशक गौरव शारडा, एके राठी ग्रुपका प्रबन्ध निर्देशक अनुपम राठी सहभागी रहे ।

उनीहरुले शोकसन्तप्त परिवारप्रति समवेदना तथा विपद्बाट प्रभावित व्यक्ति र समुदायप्रति सहानुभूति पनि व्यक्त गरेका छन् ।

शारडा र एके ग्रुप नेपालको प्रतिष्ठित अग्रणी व्यापारिक तथा औद्योगिक घराना हुन।  उत्पादनमूलक उद्योग, व्यापार र अटोमोबाइल्स क्षेत्रमा लामो समयदेखि बलियो उपस्थिति रहेकाे छ ।

शारडा ग्रुपसँग संयुक्त रूपमा ८ वटा उद्योग सञ्चालनमा छन्। तीमध्ये खाने तेल, स्टिल, डिस्टिलरी, साबुन, प्लास्टिक प्याकेजिङ, फ्लोर मिल र अक्सिजन ग्यास लगायतका उद्योगहरू रहेका छन्।

यसका अतिरिक्त, मारुती सिमेन्ट, कार्पेट, यार्न, प्लास्टिक प्याकेजिङ तथा प्रिन्टिङ व्यवसायसमेत सञ्चालनमा छन्। ग्रुपले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपद्बाट प्रभावित समुदायलाई निरन्तर सहयोग गर्दै आएकाे छ । 

शारडा ग्रुपसँग संयुक्त रूपमा ८ वटा उद्योग सञ्चालनमा छन्। तीमध्ये खाने तेल, स्टिल, डिस्टिलरी, साबुन, प्लास्टिक प्याकेजिङ, फ्लोर मिल र अक्सिजन ग्यास लगायतका उद्योगहरू रहेका छन्।

यसका अतिरिक्त, हाम्रो मारुती सिमेन्ट, कार्पेट, यार्न, प्लास्टिक प्याकेजिङ तथा प्रिन्टिङ व्यवसायसमेत सञ्चालनमा छन्।

त्यस्तै नेपालको पुरानो व्यवसायी घराना हो राठी ग्रुप । यो समूहले नेपालको औद्योगिक शहर विराटनगरबाट आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको छ ।  यो ग्रुपले आफ्नो व्यवसायलाई आयात,निर्यात, उत्पादन, सेवा र व्यापार गरि आफ्नो व्यापारलाई विविधिकरण गरेको छ ।  यि दुई ग्रुपले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपद्बाट प्रभावित समुदायलाई निरन्तर सहयोग गर्दै आएका छन् ।