काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट भएको क्षति, खोज तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज फेरि सर्वदलीय बैठक बोलाएको छ ।
पार्टी सभापति रवि लामिछानेले आज दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालय बस्नेगरी बैठक बोलाएका हुन् ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्था, प्रभावितको खोजी तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका विषयमा छलफल हुनेछ । यसअघि बाढीलगत्तै पनि सभापति लामिछनेको आह्वानमा सर्वदलीय बैठक बसेको थियो ।

