काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पहिचान हुन नसकेका शवलाई जमिनमुनि व्यवस्थापन गरिएतापनि डीएनए परीक्षण तथा अन्य पहिचानमा सहयोग पुग्ने आधारहरू सुरक्षित राखिएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबारे ब्रिफिङ गर्दै उनले डीएनए परीक्षण तथा अन्य पहिचानमा सहयोग पुग्ने आधारहरू सुरक्षित राखिएको र डीएनए म्याचिङपछि सम्बन्धित परिवारलाई शव हस्तान्तरण गरिने जानकारी दिए।
प्रधानमन्त्री शाहका अनुसार हालसम्म १११४ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहयोगमा शव व्यवस्थापन भइरहेको उनले बताए।
पहिचान भएका शवहरू भने आफन्तको जिम्मा लगाउने काम भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिए। उनले भने,‘पहिचान हुन नसकेकाहरूको शव कानुनबमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिरहेका छौँ। तर, डीएनए तथा अन्य पहिचानमा सहयोग पुग्ने आधारहरू सुरक्षित राखिएका छन्।
यी शव डीएनए म्याचिङपश्चात् सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ।हालसम्म १११४ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा यी शव व्यवस्थापन भइरहेको छ। पहिचान भएका शवहरू आफन्तको जिम्मा लगाउने काम भइरहेको छ।’

