१८ भदौ २०८३, बिहिबार 1788460941
Banner

प्रतिनिधि सभाको बैठक भदौ २४ गतेसम्मलाई स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधवारसम्मको लागि स्थगित भएको छ।

आज बसेको बैठकपछि अर्को बैठक भदौ २४ गते मात्रै बस्ने सभामुख डीपी अर्यालले जानकारी गराए।

उनका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ। रसुवा बाढीपछि लामो समय स्थगित भएको बैठक हिजो र आज राखिएको थियो।

बैठकमा बाढीले पुर्‍याएको क्षति, उद्धार, राहत र पुनर्स्थापना लगायतको विषय सांसदहरूले उठाएका थिए।