२५ भदौ २०८३, बिहिबार 1789037199
समाचार

चिलिमे सुरुङमा अर्को एक्स्काभेटर प्रयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित चिलिमे टनेलमा उद्धारको काम भइरहेको छ । टनेलभित्र काम सञ्चालनका लागि अर्को एक्स्काभेटर प्रयोगमा ल्याइएको छ ।

यसअघि इन्जिनियरहरूले प्रयोग गरेको रातो एक्स्काभेटरलाई हटाएर अहिले हरियो एक्स्काभेटरबाट काम धमाधम गरिरहेका छन् । नयाँ एक्स्काभेटरको प्रयोगसँगै टनेलको कामलाई तीव्र गतिमा गरिरहेका छन् ।