काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले स्वागत गरे ।
प्रधानसेनापति सिग्देलले भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री तथा उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेट गर्नुका साथै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय लगायत चिनियाँ सैनिक तालिम तथा शिक्षण संस्था एवम् एकाइहरूको निरीक्षण भ्रमण गरेका थिए ।
उनले चीनमा रहँदा बेइजिङमा आयोजित १३ औं बेइजिङ स्याङसान फोरममा सहभागिता जनाएका थिए । यस किसिमको भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण द्वीपक्षीय एवम् सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुर्याउने विश्वास नेपाली सेनाले लिएको छ ।

