४ आश्विन २०८३, आइतबार 1789919497
राजनीति

एमाले सचिवालय बैठक ३ बजेसम्मलाई सारियो

काठमाडौँ : नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकको समय सारिएको छ। बैठक आजै‍ दिउँसो ३ बजे बस्ने गरी सारिएको पार्टी सचिव महेश बस्नेतले जानकारी दिए। कार्यदलको बैठक लम्बिँदा सचिवालय बैठक समय सारिएको उनको भनाइ छ। अहिले कार्यदलको बैठक पनि सकिएको छ।

एमाले पुनर्गठन कार्यदलमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को प्रतिवेदन प्रस्तुत भएको थियो। यसका साथै नेता प्रदीप ज्ञवालीले अर्को प्रतिवेदन तयार पारेका थिए।

प्रतिवेदनमा रामबहादुर थापा बादल, विष्णु पौडेल र शंकर पोखरेलले सुझाव मिलाएर तयार गर्ने र सचिवालय बैठक बस्ने तयारी छ। बस्नेतले प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र विशेष महाधिवेशन गर्ने विषय समावेश नहुने दाबी गरे।