२१ कार्तिक २०८३, शनिबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 1:29 pm
खेलकुद

टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १४औँ स्थानमा

सूचना प्रेस २०८३ आश्विन ९ शुक्रबार ००:००, १५:४८ बजे १ मिनेट पढाइ

काठमाडौं । आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ ।

आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १४औँ स्थानमा उक्लिएको हो । यसअघि टोली १६औँ स्थानमा थियो ।

एसियाली खेलकुदमा अफगानिस्तानविरुद्ध जित निकालेसँगै नेपालको वरीयता सुधार भएको हो । नेपालले १८१ रेटिङसहित सात हजार ९६८ अंक प्राप्त गरेको छ ।

नेपालसँग पराजित अफगानिस्तान भने एक स्थान खस्किँदै १०औँ स्थानमा पुगेको छ । भारत वरीयताको शीर्षस्थानमा कायम छ ।