४ आश्विन २०८१, शुक्रबार 1726813959
Banner

मन्त्रि फेर्ने निर्णय तुरुन्त कार्यान्वयन हुनुपरयो : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएको छ।

पार्टीबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर ती ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय भए पनि कार्यान्वयनमा आएको छैन।

आज बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा पनि मन्त्री फेर्ने निर्णय कार्यान्वयन गर्ने निर्णय भएको पार्टीका सम्मानित नेता झलनाथ खनालले बताउनुभयो ।

‘मन्त्री बदल्ने भनेर निर्णय भएको थियो तर त्यो निर्णय किन अहिलेसम्म कार्यान्वनमा आएन ?,’ नेता खनालले भन्नुभयो, ‘हाम्रो पार्टीको निर्णयअनुसार तुरून्त मन्त्री फेर्ने निर्णय कार्यान्वयन हुनुपर्दछ।’

मन्त्रिमण्डल पुनर्गठनबारे प्रधानमन्त्री देउवालाई भेटेर कुराकानी गर्ने जिम्मेवारी पार्टीले अध्यक्ष माधवकुमार नेपाललाई दिएको र उहाँ अहिले बालुवाटार छलफलमा रहनुभएको खनालले बताउनुभयो