२४ आश्विन २०८३, शनिबार 1:06 pm
समाचार

पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन आज दिनभर लाग्ने

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको गजुरी गाउँपालिका–५ गलौदी सडकखण्ड शनिबार अपराह्नपछि सञ्‍चालनमा आउने सम्भावना देखिएको छ ।

त्रिशूली नदीको कटानमा परी भाँसिएको सडक अवस्था सामान्य रहे अपरान्हदेखि सुचारु हुने सडक विभागले जनाएको छ ।

सूचनामा यसअघि स्थानीय निकायबाट अवरोध भएका कारण ‘ब्याक कटिङ’को काममा सुरू गर्न नसकिएको पनि उल्लेख छ । पृथ्वी राजमार्गको गलौदी (गजुरी नजिक काठमाडौंतर्फ) मा सडक भासिएकोले पृथ्वी राजमार्ग अबरुद्ध भएको छ ।