काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन्। उनले ६ हजार ५ सय ८४ मत पाए भने उनका प्रतिस्पर्धीले श्यामकृष्ण खड्कीले ३ सय ७५ मत पाए।

कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको छ। कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन्।
खड्गीले ५.३५ प्रतिशत मत पाउँदा ०.७७ प्रतिशत मत बदर भएको छ। थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन्। उपसभापति र महामन्त्रीको मतगणना आजै सकाउने काँग्रेसको तयारी छ ।

