२५ आश्विन २०८३, आइतबार 3:51 pm
Banner

कांग्रेस उपसभापतिमा चन्द्र भण्डारीको अग्रता कायमै

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारीले अग्रता कायमै राखेका छन्।

प्राप्त पछिल्लो मतगणना विवरणअनुसार उपसभापति (खुला) तर्फ डा. भण्डारीले १०५७ मत प्राप्त गरेका छन् । ई. मधु आचार्यले ७१२ मत पाएका छन् । त्यस्तै, सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३७१ र प्रा.डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन्।

उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ६१५ मतसहित अग्रता लिएका छन्। जीवन परियारले ५७८ मत प्राप्त गर्दा सीता गुरुङले ३३४, फरमुल्लाह मंसुरले २८५ र रंजीत कर्णले १८३ मत पाएका छन्।