२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 10:18 am
विश्व

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु

सूचना प्रेस २०८३ आश्विन २८ बुधबार ००:००, १०:२२ बजे १ मिनेट पढाइ

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको । बिहारस्थित वैशाली जिल्ला अन्तर्गत राघोपुर थाना क्षेत्रमा गएराति डुङ्गा पल्टिँदा मृत्यु भएकामा अधिकांश बालबालिका रहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार भोजमा सहभागी हुन जाँदै गरेका २५ जनाभन्दा बढी व्यक्ति डुङ्गामा सवार थिए। भगतान टोल (रामपुर श्यामचन्द पञ्चायत) मा माता महारानी स्थान नजिकै सिंहेश्वर राय नामक व्यक्तिको घरमा भोजका लागि उनीहरु जाँदै थिए ।

वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार सात जनाको उद्धार गरिएको छ र उनीहरूलाई नालंदा मेडिकल कलेज एन्ड हस्पिटल पठाइएको छ। डुङ्गामा सवार सबै बालबालिकाको उमेर १५ वर्ष वा सोभन्दा कम रहेको उनले बताइन्।

दुर्घटनाको कारण भने खुलाइएको छैन । दुर्घटनापछि बिहार सरकारले मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।