१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 9:33 pm
Banner

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली स्वदे‍श फिर्ता

सूचना प्रेस २०७९ भदौ ३० बिहिबार ००:००, १०:०५ बजे १ मिनेट पढाइ

काठमाडौ । नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु स्वदेश फर्किनुभएको छ । सोमबार सभामुख अग्नी सापकोटाको निमन्त्रणमा लिको नेतृत्वमा नेपाल भ्रमणमा आएको टोली बिहीबार स्वदेश फिर्ता भएको हो।

उहाँलाई सभामुख सापकोटाले आज बिहान ८ : ५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको हो ।

अध्यक्ष लीले नेपाल भ्रमणमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री नारायण खड्का, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।
लिले बुधबार बिहान भक्तपुर दरबार स्क्वायरको अवलोकन भ्रमण गर्नुभएको थियो । अवलोकनका क्रममा अध्यक्ष लीले पाँचतले मन्दिर परिसरमा राखिएका भक्तपुरको कला, संस्कृति झल्किने तस्बिरबारे जानकारी लिनुभएको थियो ।