२३ भदौ २०८३, मंगलबार 1788909398
समाचार

थप १२६ जनामा कोरोना पुष्टि

काठमाडौं : थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट ३७९० नमूना परीक्षण गर्दा १२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६७४ र एन्टिजेनबाट २११६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ७५ र एन्टिजेनबाट ५१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप १३७ जना कोरोनामुक्त भएका छन्।