१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 8:48 pm
पालिका

उपप्रमुख डंगोलको नेतृत्वमा काठमाडौं महानगरमा बजार अनुगमन

सूचना प्रेस २०७९ आश्विन ११ मंगलबार ००:००, १०:१३ बजे १ मिनेट पढाइ

काठमाडौं-काठमाडौं महानगरपालिकाले आजदेखि पर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा अनुगमन सुरु गरिएको हो ।

माछा मासु पसल, डिपान्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजारको अनुगमन गरिने छ ।

आज विहान प्रदर्शनी मार्ग, टुकुचा खसी बजार क्षेत्रमा अनुगमन हुने भएको छ । अनुगमनमा उपप्रमुख डंगोलको नेतृत्वमा ३ समूह परिचालन भएको छ ।