१ मंसिर २०८१, शनिबार 1731787479
Banner

समानुपातिकमा एमालेको अग्रता कायमै, ९ लाख मत नजिक पुग्यो

काठमाडौं । समानुपातिकतर्फ नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ । बिहान ६ बजेसम्म एमालेले आठ लाख ७९ हजार १४२ मत प्राप्त गरेको छ ।

दोस्रोमा नेपाली कांग्रेसले आठ लाख ५२ हजार ७२५ मत प्राप्त गरेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार कांग्रेस एमालेभन्दा ३६ हजार ४१७ मतले पछि छ ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले चार लाख मत कटाएको छ । उसले चार लाख ३२ हजार ६५ मत पाएको छ ।

नेकपा (माओवादी केन्द्र) चार लाख ९६४ मत ल्याएर चौथो स्थानमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई लाख ३३ हजार ७ मत पाएको छ । जनता समाजवादी पार्टीले एकलाख १२ हजार ५४०, जनमत पार्टीले ६७ हजार १२२ मत प्राप्त गरेको छ ।