२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 9:55 am
Banner

दलको नेता छान्न एकीकृत समाजवादीले पनि बोलायो संसदीय दलको बैठक

सूचना प्रेस २०७९ पुस ४ सोमबार ००:००, ०८:२६ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पनि आज संसदीय दलको बैठक बोलाएको छ ।

पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्ने बुझिएको छ ।

समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसका १० जना सांसद छन् । दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुने निश्चित छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकार गठनको आह्वान गरेसँगै दलहरू संसदीय दलको नेता चयनको तयारीमा जुटेका छन्।